काठमाडौं– सर्वाेच्च अदालतले एनसेल र एक्जियटा कम्पनीबाटै आयकर उठाउन सरकारलाई आदेश गरेको केही दिनमै मलेसियाको एक्जियटा कम्पनीको प्रतिक्रिया सार्वजनिक भएको छ। मलेसियास्थित एज फाइनान्सियल डेलीसँग कुरा गर्दै एक्जियटाले एनसेल, रेनल्डस् र एक्जियटा युकेलाई नेपालको ठूला करदाता कार्यालयले ‘क्लियरेन्स’ दिएको दाबी गरेको छ । सन् एक्जियटाले २०१७ मा नै ठूला करदाता कार्यालयले पठाएको पत्रमा बिक्रेता टेलियाले…