काठमाण्डु- अमेरिकाले चीनबाट आउने सामानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको एक दिनपछि मंगलबार ह्वाइट हाउसले यो घोषणा गरेको हो । ‘यदि चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत कर फिर्ता गरेन भने मार्चमा लगाइएको २० प्रतिशत र अप्रिल २ मा थपिएको ३४ प्रतिशत करबाहेक बुधबारदेखि थप ५० प्रतिशत कर लगाइने…