काठमाण्डु - नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूका लागि महत्त्वपूर्ण र राहतकारी निर्णय गरेको छ । सम्झौताअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीहरूले तिर्नुपर्ने हाइड्रोलोजी पेनाल्टी खारेज गर्ने निर्णय प्राधिकरणले गरेको हो । गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यो निर्णय गरेको भए तापनि यसलाई चैत २५ गते…