तीन हजारले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

काठमाण्डु - नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।…