बंगलादेश घटनामा राष्ट्रसंघको नजर

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गरेका छन् । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्त्वमा जोड दिए । उनले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने…