युक्रेनले रुसविरुद्ध अमेरिकी हतियार प्रयोग गर्न सक्ने

काठमाण्डु- रुस-युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसविरुद्ध हतियार प्रयोग गर्न अनुमति दिएका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले युक्रेनले खार्किभलाई रुसी सेनाबाट जोगाउन अमेरिकी एटीएसीएमएस मिसाइल प्रयोग गर्न सक्ने बताएका छन् । यसको दायरा ३०० किलोमिटर छ । युक्रेनले यी हतियारहरूद्वारा रुसी सेनामाथि प्रत्यक्ष आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्…