काठमाण्डु – बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । धर्मेन्द्र लामो समयदेखि बिरामी थिए । सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । धर्मेन्द्रको निधनको खबर पुष्टि भएदेखि उनीप्रति ख्यातीप्राप्त कलाकारदेखि…