काठमाण्डु– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता (आज) सोमबार हुन सक्ने बताएका छन् । भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा जीवित रहेको भन्दै आज सम्झौता हुन सक्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि रुबियोले यस्तो अभिव्यक्ति दिएका हुन् ।…