काठमाण्डु - पाकिस्तान र अफगानिस्तानबीच फेरि तनाव बढेको छ । पाकिस्तानले गरेको आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु भएको छ । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा आक्रमण गरेको हो । अफगानिस्तान क्रिकेट बोर्डले आक्रमणको निन्दा गर्दै आउने नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणीय टी–२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ। तीन खेलाडीको तस्बिर साझा गर्दै बोर्डले भनेको…