जिम्बाब्वेको राष्ट्रपति बन्न ११ जनाको उम्मेदवारी

काठमाण्डु- जिम्बाब्वेको निर्वाचन आयोगले इमर्सन मनाङ्गाग्वासहित ११ जनालाई आगामी अगस्ट २३ मा हुने आमनिर्वाचनका लागि राष्ट्रपतिको उम्मेदवार हुनका लागि योग्य ठहर गरेको छ । जिम्बाब्वको निर्वाचन आयोगका उपाध्यक्ष रोडनी किवाले बिहीबार राति सरकारी टेलिभिजन नेटवर्क जेडटीएनलाई दिएको जानकारीअनुसार राष्ट्रपतिपदका लागि योग्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन लड्नका लागि योग्य मानिएका उम्मेदवारहरूमा परिवर्तनको…