५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने भारतको तयारी

एजेन्सी – भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारत सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको हो । स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।…