इन्धन संकटबिच पाकिस्तानमा सरकारी कर्मचारीको तलबमा ३०% सम्म कटौती

इस्लामाबाद – इन्धन संकटसँग जुध्न र आर्थिक बचतका लागि पाकिस्तान सरकारले कडा कदम चालेको छ । प्रधानमन्त्री शहबाज शरीफले सरकारी स्वामित्वका कम्पनीहरू र स्वायत्त संस्थाहरूका कर्मचारीहरूको तलबमा ५–३० प्रतिशतसम्म कटौती गर्ने निर्णयलाई अनुमोदन गरेका छन् । तलब कटौतीको निर्णय सरकारको बृहत् बचत योजनाको एक हिस्सा हो, जसको उद्देश्य खर्च घटाउनु र देशको आर्थिक अवस्था सुधार्नु…