मृत्युदण्डको फैसलाप्रति हसिनाको प्रतिक्रिया : पक्षपाती र राजनीतिक रूपमा प्रेरित निर्णय

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नोविरुद्ध भएको फैसलाप्रति आपत्ति जनाएकी छन् । फैसलालगत्तै प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक जनादेश नभएको अनिर्वाचित सरकारद्वारा स्थापित र अध्यक्षता गरिएको धाँधलीपूर्ण न्यायाधीकरणले गरेको निर्णय भनेकी छन् । मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि भारत निर्वासनमा रहेकी हसिनाले फैसलालाई पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश विनाको धाँधलीपूर्ण भनेकी…