ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

एजेन्सी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई गल्फ खेल्न चुनौती दिएका छन् । ट्रम्पले बाइडेनसँग हारे भने उनले राष्ट्रपतिको रोजाइको परोपकारी संस्थालाई १० लाख डलर दान गर्ने घोषणा गरेका छन् । डोनाल्ड ट्रम्पले दक्षिण फ्लोरिडाको एक र्‍यालीमा बाइडेनलाई चुनौती दिँदै भने, 'म आधिकारिक रूपमा राष्ट्रपति जो बाइडेनलाई यहाँ डोरालको ब्लू मोन्स्टरमा १८-होल…