अमेरिकाले हतियार आपूर्ति बन्द गरेपछि युक्रेनमा रुसी आक्रमण बढ्ने

काठमाण्डु- अमेरिकाले हतियार आपूर्ति बन्द गरेपछि रुसी आक्रमण बढ्ने युक्रेनले आशङ्का गरेको छ । युक्रेनले अमेरिकी हतियार ढुवानीमा अवरोधका कारण रुसलाई युक्रेनमा युद्ध लम्ब्याउन प्रोत्साहित गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुस–युक्रेन युद्ध अहिले चौथो वर्षमा चलिरहेको छ । गत मङ्गलबार ह्वाइट हाउसले युक्रेनलाई दिइने केही हतियार आपूर्ति बन्द गरेको बताएको थियो । अन्य…