काबुल - अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फाेट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एक सय जना घाइते भएका छन्। कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन्। घाइतेकाे उपचार भइरहेकाे छ। अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा याे सबैभन्दा ठूलो आक्रमण हो ।…