एजेन्सी – तालिबानले न्यूयोर्क सहरमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा आफूहरुले सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ । उक्त समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएका छन् । तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले…