खोप लगाउने व्यक्तिलाई १०० डलर दिने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् । सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका हुन् । बाइडनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ…