तेहरान - इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ ।…