एजेन्सी - कोभिड -१९ का कारण युरोपमा मृत्यु हुनेकाे संख्या ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस् र रुसमा गत साताको भन्दा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्। “अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन…