एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ । करिव २५ मिनेट लामो फोन वार्तामा द्धिपक्षिय हितका साथै कोभिड -१९,जी -७ को वैठक र भारत र चीनवीच सीमा क्षेत्रमा भइरहेको तनावको विषयमा छलफल भएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतिय प्रधानमन्त्रीलाई जी-७ वैठकमा सामेल हुन निम्तो दिएको…