एजेन्सी- कोरोनाभाइरसले विश्वभरीमा १ लाख १९ हजार ७२९ मानिसको ज्यान गएको छ । तर विश्वका केही मुलुकहरुले कोरोनाभाइरसको विस्तार रोक्नका लागि लगाएको लकडाउन खोल्ने तयारी गरिरहेका छन् । प्रतिबन्ध खुकुलो पार्ने मुलुकहरुमा धेरैजसोले बाँकि देशको तुलनामा लकडाउन पहिला घोषणा गरेका थिए । यी मुलुकमा महामारीले बाँकि युरोपको तुलनामा कम मात्रै विनासकारी रुप लिएको छ ।…