काठमाण्डु- अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान दुर्घटना भएको छ । विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । विमानमा ९ जना यात्रु र एक पाइलट थिए । उडेको एक घण्टा नबित्दै विमानस्थलका अधिकारीहरूसँग विमानको सम्पर्क टुटेको थियो…