चन्द्रमा जाने अर्बपतिको प्रेमिकामा ३० हजार महिलाको आवेदन

टोकियो – जापानका एक अर्बपतिले चन्द्रमामा लैजाने एक प्रेमिकाको विज्ञापन अचानक रोकेका छन् । युसाकु मेइजावाले अनलाईन विज्ञापन लन्च गरेर स्पेसएक्स रकेटबाट चन्द्रमाको उडानमा जानका लागि एक गर्लफ्रेन्ड खोजेका थिए । युसाकुले हालैमात्र एक जापानी अभिनेत्रीसँग आफ्नो ब्रेक–अपको घोषणापछि विज्ञापन दिएका थिए । आवेदन गर्नका लागि २०२० को जनवरी १७ सम्मको सीमा दिइएको थियो ।…