सर्वोच्च अदालतले रोक्यो पाकिस्तानी सेना प्रमुखको कार्यकाल विस्तार

एजेन्सी – पाकिस्तानी सर्वोच्च अदालतले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल विस्तार रोकेको छ । यसका साथै सर्वोच्च अदालतले जनरल बाजवा समेत सबै पक्षलाई सूचना पनि जारी गरेको छ । जनरल बाजवा २९ नोभेम्बरमा सेवा निवृत्त हुने समय निर्धारित थियो । अब यो मामिलाको सुनुवाई बुधबार सम्मका लागि स्थगित गरिएको छ । पाकिस्तानी सेना…