एजेन्सी - भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको ८८ वर्षको उमेरमा मृत्यु भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको हो । माइकलले भने, ‘दाइलाई फ्लूको संक्रमण भएको थियो । उहांको अवस्था सुधार हुँदै थियो ।…