अमेरिकामा फेरी गोली चल्यो, पाँच जनाको मृत्यु

एजेन्सी – अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको स्रोतले जनाएको छ । स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ ।…