इजरायली सेनाको कारबाहीमा प्यालेष्टिनी जिहादी कमाण्डर र उनकी श्रीमती मारिए

एजेन्सी – इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको…