पाकिस्तानको पेशावर शहरमा आत्मघाती हमला हुंदा एक नेतासहित १३ को मृत्यु

काठमाडौं - आत्मघाती हमला हुंदा पाकिस्तानको पेशावरमा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई आक्रमणकारीले लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले…