केन्यामा बाँध फुट्दा मृत्यु हुनेको संख्या ४४ पुग्यो

केन्या- केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । यसअघि बिहीबार भएको यस घटनामा ३२ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसमा परी ज्यान जाने व्यक्तिको संख्या बढेको हो । बाँध भत्किएपछि बाँधको वरपर रहेका झण्डै २५ सय स्थानीय बासिन्दा सुरक्षित स्थानमा लगिएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका थिए ।…