पाकिस्तानमा अविरल वर्षाबाट २८ को मृत्यु

इस्लामाबाद - पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा…