काठमाण्डु-बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान गरेकी छिन् । ढाका ट्रिब्युनका अनुसार उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् । आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्कएका ७९ वर्षीया जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित…