काठमाण्डु- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए। उनीहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ। मन्त्री भण्डारीले राजदूत…