काठमाण्डु – नेपालले अमेरिकालाई कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँगको टेलिफोन सम्वादमा नेपाललाई सहज रुपमा खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । मन्त्री ज्ञवालीको आग्रहमा उपमन्त्री सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । अमेरिकाले विश्वका विभिन्न मुलुकहरुलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा…