काठमाण्डु - चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)का स्थायी समिति अध्यक्ष चाओ लचीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लचीबीच सोमबार साँझ ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखि…