काठमाण्डु – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार मन्त्री रायमाझीको कार्यकक्षमा दुई देशका आपसी हितका विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिए । राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई दिएका छन् । त्यस्तै संयुक्त परियोजनाहरूको कार्यान्वयनसहित द्विपक्षीय उर्जा र सहयोग लिनेबारे छलफल…