भारतले नेपाललाई दियो २८ वटा आइसीयु भेन्टिलेटर

काठमाण्डु – भारतले नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भारतीय दूतावासले महामारीले निम्त्याएको चुनौतीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरता भएको बताएको छ । राजदूत क्वात्राले कोरोना भाइरस महामारीविरुद्धको लडाईमा…