काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अमेरिकी अनुदान सम्बन्धी परियोजना (एमसीसी) अनुमोदन हुने नहुने अन्योल बढ्दै जाँदा राजदूत बेरीले कूटनीतिक सक्रियता बढाएका हुन् । राजदूत बेरीले मंगलबार बेलुका बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए…