समुद्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्नः राजदूत मेरिया

काठमाडौं – नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताएकी छन् । उनले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गरिन् । पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उहाँले…