काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी कार्यरत थिए। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए।उनीहरुलाई नेपाल फर्किनका लागि ३ साताको समय…