बालेनको परराष्ट्र नीति : भारत र चीनलाई बराबरी हेर्ने प्रयास

काठमाण्डु– परम्परागत रूपमा स्थापित परराष्ट्र नीतिबाट अलग हुँदै नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले चैत २५मा आफ्नो कार्यालयमा १७ देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेटघाट गरे । भेटघाटका लागि भारत, चीन, अमेरिका, जापान, पाकिस्तान, बंगलादेश, कतार, बेलायत, साउदी अरब, स्वीटजरल्याण्डसहितका राजदूत तथा नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरू सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।…