काठमाण्डु– प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले परराष्ट्रमन्त्रीलाई परराष्ट्रनीति थाहा नभएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका हुन्। भारत र पाकिस्तानबीच युद्ध सुरु भएकाबेला पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको आउनु उपयुक्त नभएको बताए । उनले अहिले पाकिस्तानका तीनवटै आर्मीको ११ जना नेपालमा रहेको बताए।…