काठमाडौं – अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतकाका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न भनेको हो । गत सोमबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया…