काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा नेकपा एमलेले विरोध जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरलले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा पाँचवटा प्रश्न गर्दै विरोध जनाएका हुन् । निष्क्रिय बनिसकेको नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के हो ? भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरे…