काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचन हुने १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सातै प्रदेशमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । माघ ११ गते बिहीबारका दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशका निर्वाचन…