कोशीमा सभामुख लिएको विषयमा दुईमत देखियो तर यो नौलो कुरा होइन : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा पार्टीले सभामुख लिएको विषयमा दुईमत देखापरेको बताएका छन् । भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन, योभन्दा अगाडि बागमतीमा पनि हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखका रूपमा हाम्रो सहभागिता छ…