काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदादेखि सहकार्य गरिरहेका छन् । पछिल्लोपल्ट आफू प्रधानमन्त्री बन्न प्रचण्ड नेकपा एमालेसँग मिल्न गए । तर माधव नेपाल देउवाकै कित्तामा उभिए । ओली नजिक भएका…