काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले भ्रष्टाचार अभियोगमा परेका व्यक्तिलाई किन स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो भनेर प्रश्न गरेकी छन् । आज मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सांसद कार्कीले प्रश्न गरिन्, ‘हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामक्स प्रविधि ल्याउने प्रक्रियामा खरिदबिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको…