काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत महावीर पुनको माग सरकारले नसुनेको भन्दै गुनासो गरेका छन् । आइतबार माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका अध्यक्ष लिङ्देनले पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले पुनको माग किन सुन्दैन भनेर प्रश्न गरेका हुन् । अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनको भनाई छ…