विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशका सांसदहरूले कांग्रेसलाई जोगाएको बताएका छन् । विराटनगर विमानस्थलमा आज शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘अहिले नेतृत्वहरूले प्रदेश माओवादी दिँदा कांग्रेसीजनको अनुहार कस्तो हुन्थ्यो ? त्यो हामीले बुझ्न सकेनौं । हामी सशक्त रहिरहँदा हामीले त्यसलाई नजरअन्दाज गरेका हौं । म यहाँका माननीयज्यूहरूलाई नमन गर्छु…