काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् । शनिबार चितवन पुगको प्रचण्डले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको बताएका हुन् । ‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा…